समाचार

मनाङमा माइनस १६ डिग्री तापक्रम स् पिउने पानी जम्यो

 

मनाङ स् देशभरि नै चिसो बढेकाबेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको छ। रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ। मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन्। पिउने पानीका मुहान जमेका छन्। खोलामा पानी होइन बरफ चिप्लेको देखिन्छ।

अत्यधिक चिसो बढेपछि यहाँ रहेका बासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन्। सबैजसो ढोका लगाएर घरभित्रै बस्ने गरेका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बतए।

बाह्रै महिना चिसो हुने मनाङ जिल्लामा जाडोको समयमा प्रायः बासिन्दा जाडो छल्न अन्यत्र ठाउँमा जाने गर्दछन्। यो समयमा गाउँ घरमा घर कुर्ने चौँरी हेर्ने र हिउँ फाल्ने बासिन्दा मात्र बस्ने गर्दछन्।

जाडो छल्नका लागि यहाँका बासिन्दा काठमाडौं, पोखरा, चितवनलगायत भारतको बुद्धगया जाने गर्दछन्। गाउँघरको सबै कामकाज सकेर व्यापारिक प्रयोजनका लागि धुपी जुम्भु पाँचऔँलेलगायतका जडीबुटी लिएर जाने गर्दछन्। मंसिरको अन्तिम साताबाट मनाङ सुनसान हुने भएकाले अक्सर गरेर माथिल्लो मनाङका विद्यालय वर्षैपिच्छे जाडोको मौसममा तीन महिना बन्द हुने गरेको जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीले बताए।

Previous post

प्रदेश राजधानीको गलपासोमा सरकार स् राजधानीमा शपथ खुवाउने र बैठक बसाल्ने काम ‘असंवैधानिकु

Next post

पूर्वराजा ज्ञानेन्द्र र यूपीका मुख्यमन्त्री योगीबीच लेखनऊमा भेट

samadfm

samadfm

No Comment

Leave a reply

Your email address will not be published. Required fields are marked *