समाचार

Girls Community Radio Takeover Programme

“वालवालिकाहरुको समानता, हक हित,नेतृत्व विकाश, संरक्षण तथा प्रवद्र्धन”  “वालवालिकाहरुको समानता, हक हित,नेतृत्व विकाश, संरक्षण तथा प्रवन”  अन्तराष्ट्रिय वालिका दिवसका अवसरमासामुदायिक रेडियोको नेतृत्वमा किशोरीGirls Community Radio Takeover Programme“अपन विचार कार्यक्रम”२५ गते असोज २०७४11 October, 2017अन्तराष्ट्रिय वालिका दिवस २०७४ असोज २५ गते (11 October, 2017)को अवसरमा अन्तराष्ट्रिय संस्था प्लान, नेपाल ( International organization Plan, Nepal) को म वालिका भएकीले (Because I am Girl) भने विश्वव्यापी अभियान अन्तर्गत र सामुदायिक रेडियो प्रसारक सघं (ACORAB)को संयुक्त संयोजनमा किशोरीहरुले नेपाल देशभरिका ३ सय सामुदायिक रेडियोवाट ३ सय भन्दा वढी किशोरीहरुले एकै दिन बाल अधिकार र बालिकाहरुको समानता, हक हित, संरक्षण, प्रवद्र्वन तथा किशोरीहरुको नेतृत्व विकाशका लागि उत्प्रेरित गर्न स्थानिय नेतृत्व, सरोकारवाला र स्थानिय गैर सरकारी संस्थासंग यिनीहरुको अधिकारहरुलाई सुरक्षित गर्न एकै ठाउँमा “अपन विचार” भने वहसमूलक कार्यक्रममा राखेर सामुदायिक रेडियो समाद एफ. एम. १०२.६ मेगाहर्ज वाट प्रत्यक्ष प्रसारण गरियो । * आयोजक संस्थाहरु ः• International Organization Plan, Nepal• Association of Community Radio Broadcasting (ACORAB)• Live Broadcast : Community Radio Samad FM 102.6 Mhz, Lahan* छनौट गरिएका व्यक्तिहरुःFocal Person: Shambhu Chaudhary( Samad FM, Lahan,Siraha)• Girls: Shrijna Chaudhary( Lotus Unique Academy, Lahan, Siraha)• Upmayer of Lahan Munaciplity: Sariyar Chaudhry ( Local Government)• DSP: Naresh Raj Subedi(Ilaka  Police Office, Lahan, Siraha)• President: Dipesh Kumar Chaudhary(Bhawani Integrated Development Center, Lahan, Siraha)   * अतिथिहरुले भनेका प्रतिवद्धाः
परिबारीक संरचना परिर्वतन भएमा मात्रै महिलालाई हेर्ने दृष्टीकोणमा परिबर्तन गर्न सकिने वडा प्रहरी कार्यालय लहानका डिएसपि नरेश राज सुवेदीले बताएका छन । आज अन्तराष्ट्रिय बाल दिवसको अबसर  प्लान ईन्टरनेशन , सामुदायिक रेडीयो प्रसारक संघ को संयोजनमा समाद एफ एम १०२.६ मेगाहर्जको प्रस्तुतीमा संचालित अपन बिचार  कार्यक्रममा  बेल्दै डि एस पि सुवेदीले अबैध गर्भपतनबाट बालिकाहरुलाई जन्मन पाउने अधिकारबाट  बञ्चित गरेको घटनाहरु सिरहामा देखिने  हुदाँ त्यस्ता घटना हुन नदिनका लागी वडा प्रहरी कार्यालय लहानका प्रहरी टोलीहरु बिभिन्न अस्पतालहरुमा छडके अनुगमन गरीरहेकोले पक्राउ परेमो  त्यस्तालाई कडा कारबाही गर्ने बताएका छन  । उहाँले  गरीबीको फाईदा लिएर दलालहरु चेलीबेटी बेचबिखन गर्ने गरेकोले त्यस्ता घटना हुन नदिनका लागी परिबार र समाजको पनी उत्तिकै दायित्व रहेको बताउनुभयो ।   यस्तै कार्यक्रममा  लहान नगरपालिकाका उप –मेयर सरियार चौधरीले लहान नगरपालिकाको वडा नं. १ देखि २४ सम्ममा  बालबालिका शिर्षकको बजेट बालबालिका क्षेत्र मै खर्च गर्ने भन्दै  बालबालिकाहरु आफनो हकहितका लागी  ठोस योजना लिएर आएमा लहान नगरपालिका पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता गरेका छन । कडा रुपमा कानुनको कार्यान्वयन भएमा मात्रै  चेलीबेटी बेचबिखन , छोरा छोरीमा बिभेद , दहेजप्रथा जस्ता जघन्य अपराधिक क्रियाकलापहरु सामाजबाट मुक्त हुने उनले बताए ।  लहानका हेटेलहरुमा कामदारको रुपमा बालबालिकाहरुको  प्रयोग बढी  भईरहेकोले रोकथाम गर्न के गर्नु पर्ला ? बिषयमा  कार्यक्रम संचालीका सृजना  चौधरीको प्रश्नको  जवाफ दीदै उप मेयर  सरियार चौधरीले यस बिषयमा नगरपालिकाको ध्यान गैसकेको छ , छिटै त्यस्ता समस्याहरु सामाधान गर्न नगरपालिका पहल गर्नेछ प्रतिबद्धता जनाए  । बाल मैत्री लहान नगरपालिका बनाउनका लागी सबै नगरबासीको सहयोगको अपेक्षा समेत उनले  राखेको छ ।  यसैबिच कार्यक्रममा भवानी एकिकृत विकास केन्द्रका अध्यक्ष दिपेश कुमार चौधरीले  १० वर्ष देखि किशोरीहरुको  महिनाबारी सुरु हुने समय भएको हुँदा प्रत्येक  बिधालयमा किशोरी मैत्रि   शौचालय निर्माण गर्नु पर्ने भन्दै   त्यस  तर्फ छिटै सरकारको  ध्यान जानु पर्ने बताए । महिनाबारी सुरु हुने बित्तिकै कतिपय  किशोरीहरु लाँजले स्कुल  नजाने  स्मस्याको कारण उनिहरुको पढाई बिग्रीने उहाँले बताउनुभयो । अध्यक्ष चौधरीले गुणस्तरीय शिक्षाका लागी ब्यबस्थापन समिति , अभिभावबक र शिक्षक को अहम भुमिका रहेको पनी बताए  ।

Previous post

नुवाकोटमा एम्बुलेन्स दुर्घटना, १ को मृत्यु

Next post

राज्यका हरेक निकायमा थारु आरक्षण लागू गर्न सर्वोच्चको आदेश

samadfm

samadfm

No Comment

Leave a reply

Your email address will not be published. Required fields are marked *