अर्थ/बाणिज्यखेलकुदमनोरञ्जनराजनीतिसमाचारस्थानीय

५५ दलले बुझाए समानुपातिक उमेदवारको सूची

आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाउने राजनीतिक दलको संख्या ५५ पुगेको छ ।

निर्वाचन आयोगले समानुपातिकतर्फको उमेदवारको सूची बुझाउन आईतबार विहान १० बजदेखि अपरान्ह ५ बजेसम्मको समयसीमा तोकेको थियो । तर, ठूला दलहरु कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका राजनीतिक दलहरुले भने केही ढिला गरी समानुपातिकतर्फको उमेदवारको बन्दसूची आयोगमा बुझाएका हुन् । आगामी मंसिर १० र २१ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि ८८ वटा दल दर्ता भएका छन् ।

निर्वाचन आयोगका अनुसार, विवेकशील साझा पार्टी, नेपाः राष्ट्रिय पार्टी र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले पनि बन्दसूची बुझाएका छन् । ती तीनवटै पार्टी तोकिएकै समयभित्र निर्वाचन आयोगमा पुगेर धरौटीबापतको शुल्क बुझाए पनि उम्मेदवारको बन्दसूचीको क्रम मिलाउन केही ढिलाइ भएको थियो ।

प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर १० र २१ गते एकैपटक दुई चरणमा हुँदैछ । प्रतिनिधिस भामा ११० र प्रदेश सभामा २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ ।

Previous post

बालाजुका डिएसपी भण्डारी अख्तियारको फन्दामा, घुस मागेको आरोप

Next post

आज ‘विश्व हात हुने दिवस’, चेतनामुलक कार्यक्रमगरी मनाईदै

samadfm

samadfm

No Comment

Leave a reply

Your email address will not be published. Required fields are marked *