अर्थ/बाणिज्यखेलकुदमनोरञ्जनराजनीतिसमाचारस्थानीय

बालाजुका डिएसपी भण्डारी अख्तियारको फन्दामा, घुस मागेको आरोप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग बालाजुका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीलाई नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीसँग घुस मागेको आरोप लागेपछि बयानका लागि डिएसपी भण्डारीलाई आज नियन्त्रणमा लिईएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगले असोज १० गते प्रहरी वृत्त बालाजुमा कार्यरत प्रहरी सहायक निरीक्षक चन्द्रसिंह भाट र प्रहरी जवान पुष्कर शाह तथा आफूलाई प्रहरी दाबी गर्दै हिँड्ने विनोद थापालाई पाँच लाख घूससहित पक्रेको थियो ।

पक्राउ परेका व्यक्तिले प्रहरी नायब उपरीक्षक भण्डारीको पनि संलग्नता रहेको बयान दिएपछि सोधपुछका लागि नियन्त्रणमा लिईएको आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए ।

Previous post

थ्रेस होल्डको असरः खम्बुवान राष्ट्रिय मोर्चा राजपामा विलय

Next post

५५ दलले बुझाए समानुपातिक उमेदवारको सूची

samadfm

samadfm

No Comment

Leave a reply

Your email address will not be published. Required fields are marked *