अर्थ/बाणिज्यखेलकुदमनोरञ्जनराजनीतिसमाचारस्थानीय

थ्रेस होल्डको असरः खम्बुवान राष्ट्रिय मोर्चा राजपामा विलय

राष्ट्रिय जनता पार्टी र खम्बुवान राष्ट्रियमोर्चाबीच एकीकरण भएको छ । काठमाण्डौंमा कार्यक्रम गरेर दुबै पार्टीले एक भएको घोषणा गरेका हुन् ।
संसदको अवधि सकिएपछि मोर्चा राजपामा विलय भएको हो । संसदमा खम्बुवानका एक जना सांसद थिए । खम्बुवान मोर्चाका अध्यक्ष रामकुमार राईलाई राजपाले अध्यक्ष मण्डलको सदस्य बनाउने भएको छ ।

पार्टी एकता कार्यक्रममा राईले थ्रेस होल्डले गर्दा पार्टी एकीकरण गर्नुपरेको भन्दै हिमाल, पहाड, तराइ एकठाउँमा उभिनुको विकल्प नभएको बताए ।

एकीकरणसँगै पार्टीले सिँगो नेपाललाई विभेदपूर्ण बनाउने उनको भनाई थियो । यस्तै राजपाका नेता राजेन्द्र महतोले आसन्न निर्वाचनलाई चुनौति र अवसरमा लिनुपर्ने भन्दै मातृभुमि खतरामा रहेको समेत उल्लेख गरे ।

Previous post

मन्त्रीपरिषद् विस्तारबारे प्रचण्डको आक्रोश, ‘प्रधानमन्त्रीले चाहेको के हो?’

Next post

बालाजुका डिएसपी भण्डारी अख्तियारको फन्दामा, घुस मागेको आरोप

samadfm

samadfm

No Comment

Leave a reply

Your email address will not be published. Required fields are marked *