अर्थ/बाणिज्यखेलकुदमनोरञ्जनराजनीतिसमाचारस्थानीय

आज ‘विश्व हात हुने दिवस’, चेतनामुलक कार्यक्रमगरी मनाईदै

विश्व हात धुने दिवस नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाईंदैछ । सफासँग हात धोएमा विभिन्न रोग लाग्नबाट बँच्न सकिने बिषयमा जनचेतना फैलाउन यो दिवस मनाउन थालिएको हो । सन् २००८ देखि हरेक वर्ष अक्टोबर १५ तारिखदेखि हात धुने दिवस मनाउन थालिएको हो ।

साबुन पानीले हात धोएमा झाडापखाला जस्ता रोगबाट ४० प्रतिशत र श्वासप्रश्वास सम्बन्धी संक्रमणबाट २३ प्रतिशतसम्म नियन्त्रण गर्न सकिने चिकित्सकहरु बताउँछन् । फोहोर हातले खानेकुरा खाँदा किटाणुको संक्रमणले कयौंको मृत्यु हुने गरेको छ । साबुन पानीले हात नधोई खाना खाँदा झाडा पखाला, हैजा जस्ता अन्य रोगको संक्रमणबाट सबभन्दा बढी बालबालिका प्रभावित छन् ।

यसैका कारण विश्वमा अहिले पनि झण्डै १ लाख ८० हजार बालबालिकाले बर्षेनी ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठन डब्लुएचओको तथ्याकं छ । विश्वमा अहिले पनि १९ प्रतिशतले मात्रै साबुन पानीले हात धुने गरेको तथ्याङ्क छ ।

विकासोन्मुख देशमा पाँच वर्षभन्दा मुनिका बालबालिकाको मृत्युको मुख्य कारण झाडा, बान्ता र निमोनिया छन् । बिभिन्न रोगको संक्रमणबाट बँच्नसाबुन पानीको प्रयोग गरि हात धुने बानी बसाल्नु पर्दछ । खाना खानुअघि, खाएपछि, दिसा पिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि साबुन पानीले मिचिमिचि हात धुनुपर्छ ।

Previous post

५५ दलले बुझाए समानुपातिक उमेदवारको सूची

Next post

समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेश गर्ने क्रम शुरु

samadfm

samadfm

No Comment

Leave a reply

Your email address will not be published. Required fields are marked *