अर्थ/बाणिज्यखेलकुदमनोरञ्जनराजनीतिसमाचारस्थानीय

मन्त्रीपरिषद् विस्तारबारे प्रचण्डको आक्रोश, ‘प्रधानमन्त्रीले चाहेको के हो?’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धका सकारात्मक परिघटनाहरुको संश्लेषण र सम्मानसहित एमालेसँग पार्टी एकता हुने बताएका छन् ।

सोमबार बिहान अखिल क्रान्तिकारीको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्धका सकारात्मक परिघटनाको संश्लेषण र सम्मानसहित पार्टी एकता हुने बताए ।

उनले भने, ‘हामीले एमाले लगायतका कम्युनिष्ट र बामपन्थी समूहसँग पार्टी एकताको तयारी गरेका छौं ।’ एकताको तयारीपछि कतिपय साथीहरुले जनयुद्धको भूमिका के हुन्छ ? महान् जनयुद्धमा बलिदान गरेका सहिदहरुको सम्मान हुन्छ कि हुँदैन ? बेपत्ताहरुको सम्मान कसरी हुन्छ ? जस्ता प्रश्न उठाउनु भएको छ’, अध्यक्ष प्रचण्डले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलठूला बलिदान भएका छन्, संघर्ष भएका छन् । जनयुद्धसहित इतिहासका यी सबै घटनाहरुको सम्मान हुन्छ, संश्लेषण हुन्छ र इतिहासमा भएका सकारात्मक परिघटना र योगदानको सम्मानसहित पार्टी एकता हुन्छ ।’

Previous post

Radio Strength Map

Next post

थ्रेस होल्डको असरः खम्बुवान राष्ट्रिय मोर्चा राजपामा विलय

samadfm

samadfm

No Comment

Leave a reply

Your email address will not be published. Required fields are marked *